नियम १६१
परामर्शदाताले स्वार्थ बझाउन नहुने
(१) परामर्शदाताले परामर्श लिने स्थानीय
निकायको सर्वोपरि हित हुने गरी व्यावसायिक, वस्तुगत र निष्पक्ष परामर्श सेवा प्रदान
गर्नु पर्नेछ ।
(२) परामर्शदाताले परामर्श सेवा प्रदान गर्दा आफ्नो वर्तमान वा भविष्यको अन्य
कामस“ग स्वार्थ बाझिने गरी काम गर्नु हु“दैन ।
(३) परामर्श सेवा सम्बन्धी कामको प्रकृति परामर्शदाताको अन्य कुनै सेवाग्राही
प्रतिको विगत वा वर्तमान दायित्वस“ग बाझिने खालको वा निजले सम्बन्धित स्थानीय
निकायको सर्वोत्तम हित हुने गरी कार्य सम्पन्न गर्न नसक्ने खालको भएमा त्यस्तो
काम निजलाई परामर्शदाताकोरुपमा नियुक्ति गर्न सकिने छैन ।
तर टर्न की सम्झौता वा डिजाईन र निर्माण सम्झौताको हकमा यो व्यवस्था
लागू हुनेछैन ।
(४) कुनै आयोजनाको लागि मालसामान उपलब्ध गराउने वा निर्माण कार्य गर्ने
फर्म र त्यसस“ग सम्बन्धित अन्य संस्था वा व्यक्तिले सोही आयोजनाको लागि परामर्श
सेवा प्रदान गर्न र कुनै योजना तयार वा कार्यान्वयन गर्ने कामको लागि नियुक्त
भएको परामर्शदातृ फर्म वा सोस“ग सम्बन्धित अन्य संस्था वा व्यक्तिले त्यस्तो
आयोजनाको लागि मालसामान आपूर्ति गर्न सक्ने छैन ।